विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम
पाेखरा | जेठ ३२, २०८०
पोखरा: विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम पोखरा सम्पन्न भएको छ ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले शिक्षा समाज परिवर्तन र विकासको मेरुदण्ड भएको हुँदा महत्वका साथ हेरेको बताउनुभयो । म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि भन्ने नाराले सम्रग शिक्षामा सुधार गर्नुपर्ने विषय समेटेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी शैक्षिक कार्यक्रमहरु अझै प्रभावकारी बनाएर अगाडी बढ्ने बताउनुभयो ।
शिक्षा निर्देशनालयका उपसचिव मोतिलाल शर्माले स्वागत तथा उदेश्य बारे जानकारी र उपसचिव नारायण पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट शिक्षा तर्फको शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका प्रमुख तोयनाथ लम्साल र स्वास्थ्यको तर्फका सचिव विनोद विन्दुशर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी सुन्दरबजार नगरपालिकाको अभ्यास प्रस्तुति उपसचिव ठाकुर जी तिवारीले गर्नुभएको थियो । विषयगत शिक्षक समुह गठन तथा परिचालन सम्वन्धी मापदण्डको बारेमा शिक्षा निर्देशनालयका उपसचिव नारायण पौडेलले प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रम शिक्षा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका आचार्यको अध्यक्षतामा भएको हो । निर्देशक आचार्यले पहिलो पटक नयाँ कार्यक्रम, नौलो ढंगले गदै गण्डकी प्रदेशलाई शैक्षिक गन्तव्यको थलो बनाउने दाबी गर्नुभयो । यस्तो किसिमको कार्यक्रम गर्ने गण्डकी प्रदेश पहिलो प्रदेश हो । शिक्षक समुह गठनबाट सम्वन्धित विषयका शिक्षकहरुलाई शिक्षण गर्दा आईपरेका समस्याको समाधान निकाल्न सहयोग पुग्नेछ । पछिल्लो समय गणित, विज्ञान र अग्रेजी पढाउने शिक्षक पनि कम, प्रतिस्पर्धा पनि कम र पढ्ने विद्यार्थी पनि कम भएको हुँदा यसलाई पनि सुधार गर्ने बताउनुभयो ।
विद्यार्थीलाई केन्द्रीकृत गरेर उहाँले प्रदेशले शैक्षिक महोत्सव र शैक्षिक सामग्री निमार्ण कार्यशाला गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशको स्थानीय तह शिक्षा युवा तथा खेलकुद महाशाखा÷ शाखाका प्रमुखको सहभागीता रहेको थियो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

